२८ मंसिर, काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन एमसीसीका बिरुद्धमा आज काठमाडौंमा विरोध प्रदर्शन भएको छ । आजदेखी बोलाईएको संसदको बैठकमा मुख्य एजेण्डा एमसीसी भएपछि विभिन्न राजनीतिक दलहरुले बिरोध गरेका छन् ।

एमसीसी सम्बन्धी सम्झौता पारित नगर्न खबरदारी गर्दै संसद भवन नयाँ वानेश्वर अगाडी उनिहरुले बिरोध जनाएका हुन् । साथै संसद भवन अगाडी नारावाजी गरेपछि प्रहरीले उनिहरुमाथि लाठी प्रहार गरेको छ ।






