समाचार

कांग्रेस महाधिवेशनः पाँच सहमहामन्त्री पदको मतगणना जारी

२ पुस, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत पाँच सहमहामन्त्री पदको मतगणना भईरहेको छ । कांग्रेसमा आठ सहमहाममन्त्री पद छन् ।

जसअनुसार ३ सहमहामन्त्रीको मतगणना बिहिबार सम्पन्न भएको थियो । महिला, दलित र आदिवासी जनजाति क्लस्टरको सहमहामन्त्री पदको मतपरीणाम बिहीबार घोषणा भएको थियो ।

बिहिबार महिला सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय डिना, दलित सहमहामन्त्रीमा जीवन परियार र आदिवासी जनजाति सहमहामन्त्री भिष्मराज आङ्दम्बे निर्वाचित भएका छन् ।

भने अब सहमहामन्त्री पदका खसआर्य, मधेशी थारु, मुस्लिम र पिछडीएको क्षेत्र क्लस्टरमा भएको निर्वाचनको नतिजा आउन बाँकी छ ।