समाचार

एमाले केन्द्रीय कार्यालयका सचिव डा.अधिकारीद्वारा पद बहाली

२ पुस, काठमाडौं । नेकपा (एमाले)का केन्द्रीय कार्यालयका नवनियुक्त सचिव डा.भीष्म अधिकारीले आज पदभार ग्रहण गरेका छन् ।

उनलाई महासचिव शङ्कर पोखरेल, उपमहासचिव विष्णु रिमाल, निवर्तमान कार्यालय सचिव शेरबहादुर तामाङलगायतले स्वागत गरेका हुन् । डा.अधिकारीलाई यही मङ्सिर २५ र २६ गतेको केन्द्रीय कमिटीको बैठकले जिम्मेवारी दिएको थियो ।