समाचार

कांग्रेस खुला केन्द्रीय सदस्य मतगणनाः शशांकको अग्रता, दोस्रोमा उदयशम्शेर

३ पुस, काठमाडौं । नेपाली कांग्रेसको खुलातर्फको केन्द्रीय सदस्यमा डा. शशांक कोइरालाले शुरूआती अग्रता लिएका छन् । कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार १०० मत गणना हुँदा डा. कोइरालाले ५३ मत पाएका छन् । खुलातर्फका ९९ उम्मेदवारमा उनी अग्रस्थानमा छन् ।

शशांक शेरबहादुर देउवा, शेरख कोइराला र प्रकाशमान सिंह तीन जनाको प्यानलमा परेका थिए । त्यसपछि उदयशम्शेर राणा, रामहरि खतिवडा र रमेश लेखक छन् । राणाले ४४, खतिवडाले ४३ र लेखकले ४२ र एनपी साउदले ३७ मत पाएका छन् ।

कांग्रेसको खुलातर्फको ३५ सदस्यका लागि ९९ उम्मेदवार छन् । महाधिवेशनमा ४७४३ मतदाता रहेका थिए । खुलातर्फको केन्द्रीय सदस्यको कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा मत गणना भइरहेको छ । १० ठाउँमा मत गणना भइरहेको निर्वाचन समितिले जनाएको छ । यसअघि सभापति बाहेकका पदाधिकारीको पनि सानेपामै मतगणना भएको थियो ।