३ पुस, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ९९७ जनाको स्वाब परीक्षण गर्दा १८९ जनामा कोरोना देखिएको छ । जसमध्ये ५ हजार ४८३ को पीसीआर परीक्षण गर्दा १५८ जनामा र २ हजार ५१४ को एन्टिजन परीक्षण गर्दा ३१ जनामा कोरोना देखिएको हो ।
त्यस्तै, आज २५० जना निको भएका छन् । योसँगै कोरोनाबाट निको हुनेको संख्या आठ लाख ८ हजार ६०३ पुगेको छ । अझै ५ हजार ४२८ जना सक्रिय संक्रमित छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५७२ पुगेको छ ।
आज खोप एक लाख ११ हजार ९३८ जनालाई खोप लगाइएको छ । योसँगै पहिलो डोज लगाउनेको संख्या एक करोड १९ लाख ७४ हजार ५८८ पुगेको छ । त्यस्तै, ९५ लाख ८६ हजार ४९६ जनाले पूर्ण खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।





