समाचार

सत्तागठबन्धन बैठक सकिए लगत्तै बालुवाटारमा सर्वदलीय बैठक सुरु

४ पुस, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ । सत्तागठबन्धनको बैठक सकिए लगत्तै सर्वदलीय बैठक सुरु भएको हो । संसदमा जारी अबरोध र एमसीसी सम्बन्धी सम्झौता अनुमोदनका विषयमा छलफल गर्न प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक बोलाएका थिए । उक्त बैठकअघि साझा धारणा बनाउन सत्तागठबन्धनको बैठक डाकीएको थियो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको बैठक सकिएलगत्तै सर्वदलीय बैठक शुरु भएको हो । सर्वदलीय बैठकमा प्रमुख विपक्षी दल नेकपा एमालेले नजाने बताइसकेपछि अब एमालेबाहेक प्रतिनिधिसभामा रहेका अरु दलका नेताहरु सहभागी हुने भएका छन् ।