समाचार

कांग्रेस प्रवक्ताको जिम्मेवारीबाट बाहिरीने नवनियुत्त महामन्त्री शर्माको घोषणा

५ पुस, काठमाडौं । नेपाली कांग्रेसका नवनियुक्त महामन्त्री विश्वप्रकाश शर्माले आजबाट प्रवक्ताको जिम्मेवारीबाट बाहिरिने बताएका छन् ।

आज काठमाडौंमा पत्रकारसँग कुरा गर्दै शर्माले नयाँ भूमिका पाएको भन्दै आफूले प्रवक्ताको जिम्मवारीबाट अलग हुने स्पष्ट पारेका हुन् ।

उनले प्रवक्ताको जिम्मेवारीमा अर्को व्यक्ति आउने भन्दै उनको आउने नयाँ व्यक्तिको भूमिकालाई बढावा दिन आफू अलग हुने बताएका छन् । उनले आफू सामान्यतया बाइटको सन्दर्भमा जहिले पनि उपलब्ध हुने बताएका छन् ।