५ पुस, काठमाडौं । नेकपा एकीकृति समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमसीसी आर्थिक सहयोगको विषयमात्रै बन्नुपर्ने बताएका छन् ।
समाजवादी प्रेस संगठनले आज काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले एमससी आर्थिक सहयोगको विषय बन्नुपर्ने भन्दै नेपालको सार्वभौमसत्तासँग जोडिने, र छिमेकीहरुसँग असर पर्ने हुननहुनेमा जोड दिएका छन् । साथै उनले एमसीसीबारे साझा धारणा बनाउन प्रयास भईरहेको बताएका छन् ।
अध्यक्ष नेपालले अमेरिकी सहयोग परियोजना एमसीसीबारे सत्तारुढ दलले साझा निष्कर्ष निकाल्ने बताएका छन् । नेपालले अब आउने निर्वाचनमा कुनै पार्टीको बहुमत आउने अवस्था नरहेको बताएका छन् । उनले एमाले एक्लैले बहुमत ल्याउने दावी गरिरहेका केपी ओलीलाई गफाडीको संज्ञा दिएका छन् ।





