समाचार

गृहमन्त्री खाँण भन्छन्ः सत्ता गठबन्धनको सहमती बाटै एमसीसी पारित हुन्छ

६ पुस, काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले सत्ता गठबन्धनकै सहमतीबाट एमसीसी पारित हुने बताएका छन् । एमसीसी परियोजना कुनै ऋण नभई निःशर्त रहेकाले सत्ता गठबन्धनको सहमतीबाट पारित हुने बताएका हुन् ।

जनकपुधाम पुगेका गृहमन्त्री खाँणले पुर्ववर्ती सरकारकै पालामा एमसीसी अघि बढेको र नेपालको विकाकिा लागि परियोजनाबिच अघि नै सम्झौता भएकाले एमसीसी सम्झौतालाई अघि बढाउनु सरकारको दायीत्व भएको समेत बताएका छन् ।

साथै उनले जनतामा एमसीसीको बारेमा भ्रम छरिएको भन्दै सरकारले एमसीसीको माध्यमबाट गरिबी निवारण र रोजगारसंग सम्बन्धीच परियोजना सञ्चालन गरेको खाँणको दाबी छ ।

साथै उनले एमसीसी मुलुकको हितमा रहेको भन्दै भ्रममा नपर्न समेत आग्रह गरेका छन् ।