समाचार

प्रधानन्यायाधीश जबराद्वारा न्याय सेवा आयोगको बैठक आह्वान

६ पुस, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले न्याय सेवा आयोगको बैठक बोलाएका छन् । आयोगका प्रवक्ता मानबहादुर कार्कीका अनुसार भोलिलाई प्रधानन्यायाधीशले बैठक डाकेका हुन् ।

उक्त बैठकको एजेण्डा जिल्ला न्यायाधीशहरूको रिजल्ट निकाल्नु भएको पनि उनले जानकारी दिएका छन् । जिल्ला न्यायाधीशको १८ पदका लागि दसैंअघि आयोगले परीक्षा लिएको थियो । असोज १२ देखि १७ गतेसम्म न्यायाधीशको लागि उक्त परीक्षा भएको थियो । परीक्षाको रिजल्ट निकाल्नुपर्ने दबाबमा आयोग छ ।

प्रधानन्यायाधीश अध्यक्ष हुने न्याय सेवा आयोगमा कानुन मन्त्री, सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश, महान्यायाधीवक्ता, लोक सेवा आयोगका अध्यक्ष सदस्य रहन्छन् ।