६ पुस, काठमाडौं । विवेकशील शाझाको संयोजकबाट मिलन पाण्डेलाई निष्काशित भएका छन् । पछिल्लो समय विभिन्न कारण पार्टी अध्यक्ष र संयोजकबिच मनमुटाव रहँदै आएको थियो ।
आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पाण्डेलाई साधारण सदस्य समेत नरहनेगरि निष्कासन गर्ने निर्णय गरेको हो ।
पाण्डेले प्रयोग गर्दै आएको पार्टीको नाम, लेटरहेड, छाप, चुनाव चिह्न तथा पार्टीसँग सम्बन्धित कुनै पनि सामग्री आजैदेखी प्रयोग नगर्न भन्दै गरेमा कानुन बमोजिम कारबाही अघि बढाइने जानकारी पनि गराएको छ ।
पत्रमा भनिएको छ, पार्टीले दिएको उक्त समय सीमाभन्दा एक दिन ढिलो गरी सञ्चारमाध्यम समेतबाट सार्वजनिक तपाईँको स्पष्टीकरणमा तपाईँसँग सोधिएका प्रश्नको यथार्थ, तथ्यपरक र चित्तबुझ्दो जवाफ नआएको केन्द्रीय कार्य सम्पादन समितिको ठहर छ । तपाईँले बरु उल्टै पार्टीका निर्णय र नेतृत्वप्रति अनर्गल र भ्रमपूर्ण टिप्पणीसहित निकृष्ट व्यक्तिगत आरोप लगाउने कार्य जारी राखेको र समानान्तर समिति नै घोषणा गरेको देखिन्छ।






