समाचार

२४ घण्टे कोरोना अपडेटः २९० जना संक्रमीत, २३२ जना निको थप ३ को मृत्यु

६ पुस, काठमाडौं । पछिल्लो २४ घण्टामा १७ हजार ८९ जनाको कोभिड १९ परीक्षण गर्दा २९० जनामा संक्रमण देखिएको छ। यस्तै, २३२ जना संक्रमण मुक्त हुँदा कूल सक्रिय संक्रमितको संख्या ५ हजार २४२ पुगेको छ।

संक्रमणका कारण थप ३ जनाको मृत्यु भएको छ । कोभिड १९ का कारण हालसम्म देशभर ११ हजार ५७७ जनाको मृत्यु भइसकेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ लाख ४७ हजार ८१४ जनाले कोभिड १९ विरुद्ध खोप लगाएका छन्।