७ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रले पुस ११ गतेदेखी १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्दैछ । काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानमा हुन लागेको सम्मेलनमा माओवादी केन्द्रले अन्य दललाई नबोलाउने निर्णय गरेको छ । माओवादी केन्द्रका प्रवक्ता कृष्ण बहादुर महाराले आज पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी दिएका छन् ।
यस्तै उक्त सम्मेलनमा १५ सय ३३ प्रतिनिधि सहभागी हुने भएका छन् । माओवादीको राष्ट्रिय सम्मेलन पुस ११, १२ र १३ गते हुँदैछ ।
माओवादी केन्द्रका अनुसार आयोजक समितिका १७९, सल्लाहकार १४९, ज्येष्ठ कम्युनिस्ट १२५, विभिन्न आयोगबाट ७५ जना, केन्द्रीय विभागबाट १०२ जना र केन्द्रीय प्रतिनिधि २७ जना प्रतिनिधि राष्ट्रिय सम्मेलनमा सहभागी हुनेछन् । त्यस्तै प्रदेशहरुबाट छनोट भएर आएका ८०३ जना र ७३ जना मनोनीत हुने प्रवक्ता महराले जानकारी दिएका छन् ।
प्रदेश प्रतिनिधिहरु प्रदेश १ बाट ९६, प्रदेश २ बाट १०६, वागमतीबाट १२८, गण्डकीबाट ७४, लुम्बिनीबाट १०५, कर्णालीबाट ८७, सुदूरपश्चिमबाट ८४, प्रवासबाट ३४, विशेष प्रदेशबाट ४२ र सम्पर्क समन्वय समितिहरुबाट ४३ जना छनोट हुनेछन् ।





