पु.समाचार

न्यायपालीकाको समस्यामा चाँडै निकास दिन प्रधानमन्त्रीलाई महान्यायाधिवक्ताको आग्रह

८ पुस, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै कानुन व्यवसायीको आन्दोलन बिगत महिनौदिनदेखी जारी छ । यसतर्फ महान्यायाधिवक्त खम्बबहादुर खातीले प्रधानमन्त्रीको ध्यानाकर्षन गरेका छन् । 

महान्यायाधिवक्ता खातीले सर्वोच्च अदालतमा उत्पन्न संकट समाधानका लागि प्रधानमन्त्रीले भूमिका खेल्नुपर्ने बताएका छन् । उनले प्रतिपक्षी दलसँग वा सर्वदलीय बैठक बसेर भए पनि संकट समाधानका लागि भूमिका खेल्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका हुन् ।

महान्यायाधिवक्ताको कार्यालयको ७१ औं स्थापना दिवसको सन्दर्भमा आज आयोजित कार्यक्रममा उपस्थित प्रधानमन्त्री देउवालाई महान्याविधक्ता खातीले यस्तो आग्रह गरेका हुन् । साथै सरकारी वकिलहरूको पनि यसमा महत्वपूर्ण भूमिका हुनसक्ने उनले बताएका थिए ।

संसद्‍ बैठक पनि अवरुद्ध भइरहेको अवस्थामा गतिरोधको निकास निकाल्नुपर्ने उनको धारणा थियो । यस क्रममा न्यायाधीशहरूमाथि र नेपाल बार एसोसिएसनका कानुन व्यवसायीहरूमाथि पनि प्रश्न उठिरहेको भन्दै पारदर्शी बन्नुपर्नेमा उनले जोड दिएका थिए ।