१० फागुन, काठमाडौं । नेपाली काँग्रेसको भातृसंस्था नेपाल तरुण दल र नेबिसंघको अध्यक्षमा बिद्वान गुरुङ र दुजाङ शेर्पालाई नियुक्त गरेको बिषयमा डा शेखर कोईराला पक्षले कडा बिरोध गरेको छ ।
नेपाली काँग्रेसका बरिष्ठ नेता डा शेखर कोईराला पक्षका नेताहरुको आन्तरिक छलफलबाट सभापति देउवा पक्षले पार्टीभित्र छलफल नै नगरी एकलौटी रुपमा नेपाल बिद्यार्थी संघ र नेपाल तरुण दलको अध्यक्षमा नियुक्त गरेकोमा बिरोध गरेको छ ।
नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा नेविसंघका अध्यक्ष राजीव ढुंगाना र तरुण दलका केन्द्रीय अध्यक्ष जीतजंग बस्नेत केन्द्रीय अध्यक्षमा बिजयी भएपछि उक्त पद खाली भएको थियो ।
नेविसंघ र तरुण दलबाहेकका भातृ संस्थामा पद खाली भएपनि बुधबार काँग्रेसले बिज्ञप्ती जारी गर्दै नेबिसंघ र तरुण दलमा नियुक्त गरेको हो ।
डा कोईराला पक्षका नेताले तरुण दल र नेबिसंघको अध्यक्ष बन्ने बनाउनेमा प्रकृयागत बिरोध भएपनि ब्यक्तीगत बिरोध भने नरहेको बताएका छन् । डा कोईराला पक्षले देउवा पक्षले पलेर लाने रणनीति अंगीकार गरे कसरी अगाडी बढ्ने भन्ने रणनीति बनाईरहेको बताईएको छ ।





