समाचार

बार निर्बाचन मत परिणामः काँग्रेसका गोपाल कृष्ण घिमिरेको प्यानलै बिजयी

२५ चैत, काठमाडौं । नेपाल बारमा नेपाली काँग्रेस निकट गठबन्धन भारी मतले बिजयी भएको छ ।
अध्यक्षका प्रत्यासी गोपालकृष्ण घिमिरेको पयानल नै आज सम्पन्न मतगणनामा भारी मतान्तरका साथग बिजयी भएको हो ।
मतगणनाअनुसार सत्तागठबन्धनबाट अध्यक्षका उम्मेदवार घिमिरे ४४ सय ३३ मत ल्याएर अध्यक्षमा विजयी भए भने प्रमुख प्रत्यासी विष्णुमणि अधिकारीले २४ सय ८२ मत ल्याएर पराजीत भएका छन् ।
महासचिवमा संजिता खनाल ३६ सय ८२ मतसहित बिजयी भएका छन् महासचिवमा प्रत्यासी केदार कोईरालाले २९ सय ८९ मत ल्याएका छन् ।