राजनीति

माओबादी अध्यक्ष दहालका भाई नारायणप्रसाद राष्ट्रिपतिबाट राष्ट्रियसभामा सदस्यमा मनोनित

२५ चैत, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नारायणप्रसाद दाहाललाई राष्ट्रियसभा सदस्यमा मनोनित गरेकी छन् ।

नेपालको संविधानको धारा ८६ को उपधारा २ को खण्ड ‘ख’ बमोजिम नेपाल सरकारको सिफारिसमा चितवनका दाहाललाई राष्ट्रियसभामा मनोनित गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

मनोनित गरिएको नारायणप्रसाद माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दहालका भाई हुन् ।