७ बैसाख, काठमाडौं । नेपाली काँग्रेसको भागमा परेको भनिएको देशकै राजधानीको काठमाडौं उपत्यकाको मेयर पदका लागि अहिलेसम्म कसैको नाम पनि काँग्रेसबाट सिफारिस नगरिएको बुझिएको छ ।
काठमाडौं महानगरका काँग्रेस सभापति निल काजी श्रेष्ठले कसकसको नाम पठाउने भन्ने बिषयमा आन्तरिक छलफल भईरहेको र बिहीबारसम्ममा टुंगो लाग्ने बताएका छन् ।
काठमाडौंको मेयरमा नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहकी धर्मपत्नी श्रृजना सिंहको नाम चर्चामा आएको भएपनि अहिलेसम्म कसैको नाम पनि सिफारिस नगरिएको सभापति शाक्यको दाबी छ ।
देशकै महत्वपूर्ण स्थानीय तहमा नेपाली काँग्रेस, नेकपा समाजबादी, नेकपा माओबादी केन्द्रलगायत मुख्य दलले उम्मेद्वार टुंग्याएका छैनन्, भनजे विवेकशील सझालगायतका केही दलले आफ्ना पार्टीका उम्मेद्वार टुंग्याईसकेका छन् । यसभन्दा अगाडी नेकपा एमालेका तर्फबाट बिद्यासुन्दर शाक्यले मेयर पदको लागी उम्मेद्वारी दिएर विजय भएपनि उनी पुनः उम्मेद्वार हुने वा नहुने केहीदिनपछि नै अन्तिम टुंगो लाग्ला ।
श्रृजना सिंहले मेयरमा निर्बाचन लड्ने इच्छा राखेको दाबी गरिएपनि उनले अँैपचारिक रुपमा मेयरमा लड्ने अहिलेसम्म सार्बजनिक रुपमा बताएकी छैनन् ।





