१३ वैशाख, फुङ्लिङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ को वडा सदस्यमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार सरिता गहते निर्विरोध निर्वाचित भएका छन । उनी दलित महिला सदस्यमा निर्विरोध निर्वाचित भएका हुन ।
आसन्न स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ताका क्रममा गठबन्धनको तर्फबाट दलित सदस्यमा गहतेको मात्र उम्मेदवारी परेको निर्वाचन कार्यालयले जनाएको छ । फताङलुङ गाउँपालिका–७ ओलाङचुङ्गोलामा वडाध्यक्षसहित सबै सदस्य निर्विरोध निर्वाचित भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।





