१६ असोज, काठमाडौं । नेकपा एमालेबा ०७४ सालमा इटहरी उपमहानगरपालीकाको मेयरमा निर्बाचित द्वारीकालाल चौधरी केही कार्यकर्तासहित आज माओबादी केन्द्र प्रवेश गरेका छन् ।
माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दहालले पुर्व मेयर चौधरीलाई टीका र खादा लगाएर माओबादी केन्द्रमा प्रवेश गराएका हुन् ।
इटहरीमा मेयर हुँदा बिभिन्न समयमा बिबादमा अँएका चौधरीलाई नेकपा एमालेले वास्ता गरेन भने एमालेबाट फुटेको माधव कुमार नेपालको पार्टी जनता समाजबादी पार्टीले पनि उचित स्थान नदिएपछि माओबादी केन्द्र रोजेको बताईएको छ ।
सुनसरीको इटहरीस्थीत चौधरी बस्तीमा स्थायी बसोबास भएको द्वारीकालाल चौधरी कडा स्वभावका निडर नेता मानिन्छन् । माओबादी केन्द्रबाट प्रदेशका कतै अवशर दिने आश्वासन दिएकाले चौधरी माओबादी केन्द्र प्रवेश गरेको हुनसक्ने स्थानीय इटहरीबासीको आँकलन छ ।






