काठमाडौं । माओबादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सकेसम्म राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट नबाहिरियोस् भन्ने पक्षमा रहेको बताएका छन् ।
पार्टी केन्द्रीय कार्यालयमा मंगलबार बसेको पदाधिकारी बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘हामी सल्लाह गर्दैछौ । सकेसम्म इन्गेज भैराख्ने यो नटुटोस् भन्ने नै मेरो कोशिस छ ।’
त्यस्तै, पत्रकारहरुले गृह मन्त्रालयबारे अदालतको पूर्णपाठ कुर्नुभएको हो ? भन्ने प्रश्नमा प्रधानमन्त्री प्रचण्डले भने, ‘मलाई त्यो पनि कुर्नुपर्छ भन्ने धेरैको सुझाव छ ।’
आज बिहान भएको भेटमा पनि रविले आफू पुन: गृहमन्त्री बन्ने चाहना व्यक्त गरेका थिए । उनले आफूले गृह नपाए सरकारबाट बाहिरिने चेतावनी समेत दिएका थिए । तर प्रचण्डले भने गृहमन्त्री दिन नसक्ने संकेत गरे ।





