२६ साउन, जेरुसेलम । इजरायलले शनिबार एक विद्यालयलाई लक्षित गरी गरेको हवाई आक्रमणमा ९३ जनाको मृत्यु भएपछि संयुक्त राष्ट्रसङ्घद्वारा नियुक्त एक मानवअधिकार विज्ञले गाजा युद्धमा इजरायलले व्यापक ‘नरसंहार’ गरेको आरोप लगाएका छन् ।
“इजरायलले एउटा अस्पताल, विद्यालय र शरणार्थी शिविरमा आक्रमण गर्दा ठूलो मानवीय क्षति भएको र अधिकांश महिला बालबालिका र सर्वसाधारण हताहत भएका छन्,” प्यालेस्टिनी भूभागमा अधिकारको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसङ्घका विशेष प्रतिवेदक फ्रान्सेस्का अल्बानीजले सामाजिक सञ्जाल एक्समा भन्नुभएको छ ।
इजरायलले ‘अमेरिकी र युरोपेली हतियार’ प्रयोग गरेर प्यालेस्टिनीविरुद्ध यस्तो आक्रमण गरिरहेको अल्बानीसले बताए।
उनले भने, “प्यालेस्टिनीहरूले उनीहरूको रक्षाका लागि अधिकारवादी समूहले खेल्नुपर्ने भूमिकामा सामूहिक अक्षमताका लागि हामीलाई क्षमा गरून् ।”
गत मार्चमा जारी गरिएको एक रिपोर्टमा अल्बानीजले गाजामा इजरायलले आफ्नो युद्धमा ‘नरसंहार’ का थुप्रै कार्यहरू गरेको पुष्टि गर्ने ‘उचित आधार’ रहेको बताएका थिए ।
लामो समयदेखि अल्बानीज र उनको जिम्मेवारीको अत्यधिक आलोचना गर्दै आएको इजरायलले रिपोर्टलाई ‘वास्तविकतालाई छायाँ पार्ने काम’ का रूपमा निन्दा गर्दै आएको छ ।
इजरायलमा अक्टोबर ७ मा हमास समूहले गरेको आक्रमणको बदलामा गाजापट्टीमा १० महिना लामो सैन्य कारबाही चलाउँदै आएको इजरायलमाथि हमासले गरेको आक्रमणको पनि उनले निन्दा गर्दै आएका छन्।
विशेष दूतहरू संयुक्त राष्ट्र सङ्घीय मानव अधिकार परिषरा नियुक्त भएका स्वतन्त्र पर्यवेक्षक हुन् ।





