राजनीति

तीनवटा टाउको मिलेर देशलाई पालैपालो खाइरहेका छन् : पूर्व प्रधानमन्त्री डा.भट्टराई

२७ माघ, काठमाडौँ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले तीनवटा टाउको मिलेर देशलाई पालैपालो खाइरहेको आरोप लगाएका छन् ।

नेपाल समाजवादी पार्टी ( नयाँ शक्ति) का अध्यक्ष समेत रहेका भट्टराईले आजबाट सुरु भएको पार्टीको महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो टिप्पणी गरेका हुन् ।

उनले हामीले पुराना शक्तिले भएन, काँग्रेसले गरेन, यसले गरेन भनिरहेका छौँ तर तीनवटा टाउका छन्, उनीहरूले पालैपालो खाइरहेको भन्दै सत्तामा रहुन्जेल धेरै काम गरेको भन्ने र बाहिर निस्किएपछि हरेक कुरा भएन भनेर गुनासो गर्ने प्रवृत्ति तिनै पुराना दलहरूमा रहेको समेत बताए। 

‘फेरि सत्तामा छउन्जेल उत्पात गरेका छौँ भन्छन् अनि बाहिर निस्किएर यो पनि भएन त्यो पनि भएन भन्छौँ । पटक पटक यी तीनवटा टाउकाले देशलाई हैरान पारिरहेका छन्,’ भट्टराईले भने ।

 भट्टराईले देशका समस्याहरू समाधानका लागि पहिचान गरेर अघि बढ्नुपर्ने समेत बताएका छन्।