राजनीति

प्रधानमन्त्रीलाई हेलिकप्टरबाट भाग्न बाध्य हुने गरी आन्दोलन चर्काउँछौँ: राजेन्द्र लिङ्देन

६ जेठ,काठमाडौँ। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्रीलाई हेलिकप्टरबाट भाग्न बाध्य हुने गरी आन्दोलन चर्काउने चेतावनी दिएका छन्। आज मङ्गलवार राजधानीमा भएको एक कार्यक्रममा हिन्दुराज्य र राजसंस्था फर्काउने आन्दोलन झनै चर्चाउने बताएका हुन्। 

अध्यक्ष लिङ्देनले राजसंस्था प्रति सम्झौता नगर्ने हो भने गणतन्त्रवादी नेताहरूलाई  हेलिकोप्टरबाट भाग्ने मौका दिनु पर्ने जिकिर गरे । उनले हेलिकोप्टरको सुविधा प्रयोग गर्न छुट दिने गरी आन्दोलन अगाडि बढाउने बताए। 

यसपालि जेठ १५ गतेबाट सुरु हुने आन्दोलनमा आफू मात्रै नभएर आफ्ना परिवार र छरछिमेकलाई पनि लिएर आउन आग्रह गरेका छन्।  उनले यो पटकको आन्दोलन निर्णायक हुने समेत बताए।  जेठ १५ बाट गरिने आन्दोलन शान्तिपूर्ण हुने दाबी गरेका छन्। 

आफूहरूले गर्ने आन्दोलनको अनुगमन गर्न मानव अधिकार आयोग र अन्तर्राष्ट्रिय सङ्घसंस्थाहरूलाई उनले आग्रह गरेका छन्।