आर्थिक

इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकवर्गहरुलाई विराट मेडिकल र विराट नर्सिङ होममा विशेष छुट

२७ आसार, काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका ग्राहकवर्गहरुलाई विराटनगरस्थित विराट मेडिकल कलेज शिक्षण अस्पताल र विराट नर्सिङ होममा विशेष छुट पाइने भएको छ ।

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले विराटनगरस्थित विराट मेडिकल कलेज शिक्षण अस्पताल र विराट नर्सिङ होमसँग स्वास्थ्य उपचारमा विशेष छुट र प्राथमिकता दिने गरि भिन्ना–भिन्नै सम्झौता गरेको छ ।

विराट मेडिकल कलेज शिक्षण अस्पताल
यस सम्झौता अन्तर्गत एनआईएमबीका ग्राहकवर्गहरुले विराट मेडिकल कलेज शिक्षण अस्पतालमा सामान्य ओपीडी परामर्शमा ५० प्रतिशत छुट, सामान्य ल्याब रुटिन, एक्स–रे, युएसजी/इसीजी, सिटी स्क्यान /एमआरआई, खुला अपरेशन थियटर तथा सामान्य बेड सेवामा १० प्रतिशत छुट र विशेष परीक्षण, ल्याब अपरेशन थियटर तथा आईसीयू/एनआईसीयू/पिआईसीयूमा ५ प्रतिशत छुट पाउनेछन् ।

विराट नर्सिङ होम
साथै, सम्झौता अन्तर्गत एनआईएमबीका ग्राहकवर्गहरुले विराट नर्सिङ होममा सामान्य ओपीडी परामर्श, एक्स–रे, युएसजी/इसीजी, खुला अपरेशन थियटर तथा सामान्य बेड सेवामा १० प्रतिशत छुट, विशेष परीक्षण, ल्याब अपरेशन थियटर, आईसीयू/एनआईसीयू/पिआईसीयू, भेन्टिलेटर सेवा, क्याबिन तथा अस्पताल फार्मेसी सेवामा ५ प्रतिशत छुट र सिटी स्क्यान/एमआरआईमा ७५० सम्म छुट पाउनेछन् ।

यस विशेष छुट लिनका लागि ग्राहकले एनआईएमबी डेबिट÷क्रेडिट कार्ड वा एनआईएमबी स्मार्ट एप (मोबाईल बैंकिङ) मार्फत भुक्तानी गर्नुपर्ने हुन्छ ।

बैंकले आफ्ना ग्राहकहरुको सुविधालाई ध्यानमा राखेर काठमाडौँ उपत्यका लगायत देशका विभिन्न अस्पतालहरुसँगको सहकार्यमा छुटको व्यवस्था गर्दै आएको छ ।