राजनीति

वामदेव गौतमलाई वेलकम गर्दै माधव नेपाल, आज एकीकरण हुँदै

काठमाडौँ । आज नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र नेकपा राष्ट्रिय एकता अभियानबिच एकीकरणको घोषणा हुने भएको छ ।

एकीकृत समाजवादीमा अध्यक्ष माधव नेपाल पहिलो वरीयता, झलनाथ खनाल दोस्रो वरीयतामा रहेकोमा अभियानका संयोजक वामदेव गौतमलाई भने तेस्रो वरीयताको वरिष्ठ नेता दिने सहमति भएको छ ।

गत शुक्रबार अभियानका संयोजक वामदेव गौतम र अध्यक्ष माधव नेपालबिच सहमति भएबमोजिम आज एकता घोषणा हुन लागेको हो ।

पाँच वर्षअघि नेकपा विभाजन भएर एमाले र नेकपा माओवादी हुँदा गौतम कतै पनि गएनन् तर नेकपा एकता अभियान सुरु गरे । गौतम अन्ततः माधव नेपाल नेतृत्वको समाजवादीमा समाहित हुने तयारीमा पुगेका हुन् ।