अन्तर्राष्ट्रिय

बंगलादेश विमान दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या १९ जना पुग्याे, १३४ घाइते

५ साउन, एजेन्सी । बंगलादेशमा एक विद्यालय भवनमा बंगलादेशी वायुसेवाको एफ-७ लडाकु विमान ठोक्किएर भएको दुर्घटनामा परी मृत्यु हुनेको संख्या १९ जना पुगेको छ ।

सोही दुर्घटनामा परी अन्य १ सय ३४ जना घाइते भएको त्यहाँका संचार माध्यमहरुले जनाएका हुन् । विमान सोमबार दिउँसो १ बजेर १८ मिनेट जाँदा राजधानी ढाकाको उत्तरी क्षेत्रमा रहेको एक विद्यालय भनमा ठोक्किएर दुर्घटना भएको थियो । उक्त विमानले वायुसेनाको प्रशिक्षको लागि उडान भरेको थियो ।

विमान ठोक्किएको भवनमा आगलागी भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । विमान दुर्घटना भएपछि विद्यालय परिसरमा विद्यार्थी र शिक्षहरुको भाग दौड समेत मच्चिएको समेत जनाइएको छ ।