२० साउन, एजेन्सी । भारतमा भीषण बाढीका कारण ४ जनाको मृत्यु भएको छ ।
भारतको उत्तरखण्ड जिल्लाको उत्तरकाशी जिल्लाको गंगा नदीमा मंगलबार बिहान छोटो समयमै भीषण बाढी आएको हो । बाढीका कारण ५० जना भन्दा बढी बेपत्ता भएका छन् । सोही बाढीले नदी किनारका बस्तीलाई तहसनहस बनाएको छ ।
हालसम्म क्षतिको विवरण नआए पनि ठूलो धनजनको क्षति भएको अनुमान गरिएको भारतीय संचार माध्यमहरुले जनाएका छन् । क्षतिको विवरण आउन बाँकी रहेको हो । सुरक्षा निकाय खोजी र उद्धार कार्यमा जुटिरहेको जनाइएको छ ।





