२० श्रावण, जनकपुर । जनकपुरस्थित न्यु राम जानकी ब्याट्री सेन्टर अमट्रेड प्रा.लि.को नवनिर्मित “अमट्रेड कनेक्ट“ एप्लिकेसन मार्फत पुरस्कार रिडिम गर्ने पहिलो च्यानल पार्टनर बन्न सफल भएको छ । यसरी एपमार्फत रिडिम गरिएको पहिलो पुरस्कारको रूपमा सेन्टरले एक स्मार्टफोन प्राप्त गरेको छ ।
अमट्रेड कनेक्ट एप्लिकेसन सन् २०८२ सालको वैशाखमा आधिकारिक रूपमा सार्वजनिक गरिएको थियो । अमट्रेडले यो एप आफ्ना च्यानल पार्टनरहरूसँगको व्यापारिक सम्बन्धलाई मजबूत बनाउन, उनीहरूको समर्पणलाई सराहना गर्न र डिजिटल माध्यमबाट एकअर्कासँग जोड्ने उद्देश्यले सुरु गरेको हो ।
न्यु राम जानकी ब्याट्री सेन्टरका सञ्चालक पंकज कुमार साह ज्यूले यो मोबाइल फोन पुरस्कार सफलतापूर्वक रिडिम गरे । अमट्रेडका वरिष्ठ सेल्स अधिकारी हरि सुन्दर दुबेदीले एक विशेष कार्यक्रमको अवसरमा उक्त पुरस्कार सञ्चालक साह ज्यूलाई हस्तान्तरण गरेका थिए ।
पुरस्कार ग्रहण गर्दै सञ्चालक पंकज कुमार साहले भने,– “अमट्रेड कनेक्ट एपमार्फत पहिलो पुरस्कार रिडिम गर्न पाउँदा म धेरै खुसी र उत्साहित छु । यसले हामी जस्ता डिलरहरूको कामको प्रतिफल र मूल्यांकन भएको महसुस गराएको छ र भविष्यमा अझ बढी उत्साहका साथ काम गर्न प्रेरित गरेको छ ।“
यो पहिलो रिडेम्सनले गर्दा एपको सुरुवात नै उत्साहजनक रहँदैछ । अमट्रेडले आगामी दिनहरूमा यसैगरी थप धेरै च्यानल पार्टनरहरूले यस एपको माध्यमबाट लाभान्वित हुने अपेक्षा राखेको छ ।





