आर्थिक

नेशनल लाईफ इन्स्योरेन्सको ‘ब्रान्च मेनेजर्स एनुअल कन्फ्रेन्स’ सम्पन्न

२३ साउन, काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चार दिने ‘ब्रान्च मेनेजर्स एनुअल कन्फ्रेन्स’ सम्मपन्न गरेको छ ।

कम्पनीले ‘रिडिफाइनिङ सक्सेस’भन्ने नारासहित ब्रान्च मेनेजर्स एनुअल कन्फ्रेन्स धुलिखेलमा रहेका होटल दुषित थानी हिमालयन रिसोर्टमा सम्पन्न गरेको जनाएको हो । आर्थिक वर्ष २०८१/०८२ मा उत्कृष्ट व्यवसाय गर्दै तोकिएको लक्ष्य पूरा गर्ने शाखाहरुलाई सम्मान र पुरस्कृत गर्ने तथा जीवन बीमा व्यवसायसँग सम्बन्धित वर्तमान पाटोको बारेमा विवेचना गरी आगामी वर्षको लागि स्पष्ट खाका कोर्ने उदेश्यले कम्पनीका अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहको सभापतित्वमा सम्मेलन आयोजना गरिएको थियो ।

अध्यक्ष सिंहले पानसमा द्धिप प्रज्वलन गरेर शुभारम्भ गरिएको सोसम्मेलनमा विभागीय प्रमुख तथा देशै भरीबाट प्रदेश प्रमुख, शाखा प्रमुख र मार्केटिङ कर्मचारीहरु गरी १ सय ५० जना भन्दा बढीको सहभागिता रहेको थियो । सम्मेलनको समुद्घाटन गर्दै अध्यक्ष सिंहले जीवन बीमा व्यवसाय प्रतिष्पर्धात्मक हुँदै गैरहेको स्थितिमा आफ्नो दक्षता र मेहनतले कम्पनीको व्यवसाय वृद्धि गर्नुपर्ने दायित्वलाई आत्मसात गरी तोकिएको व्यवसायिक लक्ष्य पूरा गर्ने बताएका थिए । उनले सबै शाखाहरुलाई तथा सबैको सामूहिक प्रयासबाट उच्च व्यवसाय संकलन गर्न सफल भएकोमा सम्पूर्ण शाखा तथा केन्द्रीय कार्यालयका कर्मचारीहरुलाई बधाई ज्ञापन गरेका छन् । अध्यक्ष सिंहले आगामी दिनहरुमा पनि सबैको अधिकतम प्रयासले कम्पनीको उचाईलाई थप बृद्धि गर्ने विश्वास व्यक्त गरेका थिए ।

सांगितिक प्रस्तुती तथा कर्मचारीहरु बिच टग अफ वार र फुटसल प्रतियोगिता जस्ता मनोरन्जनात्मक कार्यक्रमहरु सम्मेलनमासमावेश गरिएको थियो । सोही सम्मेलनमा आर्थिक वर्ष २०८१/०८२ मा उत्कृष्ट ठहरिएका शाखा कार्यालयहरु लगायत वार्षिक लक्ष्य पूरा गर्ने शाखा कार्यालयहरु र विभिन्न विधामा उत्कृष्ट रहेका शाखा कार्यालयहरुलाई प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले सम्मान तथा पुरस्कृत गरेका थिए ।