२२ असोज, काठमाडौँ । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले अब संसद पुन स्थापनाको माग लिएर नेकपा एमाले अगाडी बढ्ने बताएका छन् ।
उनले पार्टीको केन्द्रीय कार्यालयमा आयोजीत पत्रकार सम्मेलनमा बोल्दै व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन नभएको भन्ने अभियान काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माले चलाएको राम्रो अभियान भए पनि नेपो बेबी, जेन्जीलगायतका अभियानले राष्ट्रपति कार्यालय, संसद् भवन, सिंहदरबार, सडक विभाग, सर्वोच्च अदालतलगायत सयौँ सरकारी कार्यालयहरू जलाउनु आतङ्कवाद भएको र १० औँ खर्ब क्षति भएको बताए ।
उनले संसारको मानव ध्वंसको उदाहरणको रूपमा हिरोसिमा नागासाकीको कम काण्डलाई लिन सकिए पनि जेहनजी पुस्तालाई प्रयोग गराएका विध्वंस मच्चाएको भन्दै बरबरा फाउन्डेसनका नेतृत्व गरेका व्यक्तिहरूको संलग्नतामा देशमा आतङ्क सृजना गरिएको छ ।
बरबरा फाउन्डेसनका रकम दुरुपयोग गरी नायक भएका मानिसहरू खलनायकको रूपमा परिणत भएको भन्दै बालेनले सिंहदरबार जलाउने आफ्नो भूमिका छैन भन्दै आएका प्रतिक्रियाहरू पहिले नै आएको भए मुलुक जोगिने निश्चित भएको उनले बताए ।
डिस्कोर्डलगायत सामाजिक संञ्जालहरु चलाएर मानिसलाई अमेरीकामा गोली ठोकेर हत्या गर्ने कार्य भएको दृष्टान्त दिँदै बालेनको डिजाइनमा सबै विध्वंसका कामहरू भएको भन्दै अहिले पनि त्यस्ता प्रकारका अपराधका घटनाहरू भइरहेको बताउँदै सुदन गुरुङ भन्ने उरन्ठेउलो भाइले अनावश्यक प्रकारको भूमिका खेलेको, अनावश्यक निर्देशन दिँदै हिँडेको भन्दै अन्तर्राष्ट्रिय समुदायले राजनीतिक उपस्थिति देखाएको बताएका छन् ।
उनले गृहमन्त्रीले पनि त्यस्ता अनावश्यक प्रकारका सामाजिक सञ्जालहरूमार्फत गरिएका मिडिया ट्रा यलहरुलाई मलजल गरिरहेको भन्दै त्यसको कडा विरोध गरेका छन्। रवि लामिछानेलाई जेलबाट मुक्त गर्न गएका मनिष झा, डिपी अर्यालको विषयमा छानबिन गर्न अनुरोध गरेका छन् ।
उनले १२ हजार हतियारका विषयमा छानबिन गर्दै १४ हजार कैदीलाई बाहिर निकालेर समाजलाई द्वन्द्व निम्त्याउन खोजेको बताए ।





