१९ मंसिर, काठमाडौँ । नेपाल राष्ट्र बैंकमा ७६ जनाको लागि जागिर खुलेको छ । बैंकले शुक्रबार एक सूचना निकाल्दै ७६ वटा पदका लागि दरखास्त आह्वान गरेको हो ।
राष्ट्र बैंकले मंसिर १९ देखि सहायक निर्देशक अन्तर्गत अर्थशास्त्र, व्यवस्थापन, सामान्य प्रशासन, लेखा÷लेखापरीक्षण, वाणिज्य कानुन तथा सहायक द्वितीय पदका लागि खुला प्रतिस्पर्धा मार्फत दरखास्त आह्वान गरेको हो ।







