२४ मंसिर, काठमाडौं । साताको मध्यदिन बुधबार सेयर बजारमा हल्का गिरावट देखा परेको छ। नेप्से परिसूचक ७।८६ अंकले ओरालो लाग्दै २६०६ अंकमा स्थिर भएको छ। कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा केही कम रह्यो।
अघिल्लो दिन ३ अर्ब ७५ करोड रुपैयाँ बराबरको कारोबार भए पनि आज कारोबार ३ अर्ब ७३ करोड रुपैयाँमा झर्यो। बजारमा ७९ कम्पनीको मूल्य बढ्दा १६९ कम्पनी घटे र ९ कम्पनी स्थिर रहेका छन्।
आज सबै सेक्टरका सूचक हरियानै भए पनि सबैको गिरावट दर १ प्रतिशतभन्दा कम रहेको छ। बैंकिङ ०.०५, विकास बैंक ०।२९, फाइनान्स ०.५७, होटल तथा पर्यटन ०.१३, हाइड्रोपावर ०.६६, लगानी ०.३२, जीवन बीमा ०।२१, उत्पादन ०.४२, माइक्रोफाइनान्स ०.२९, निर्जीवन बीमा ०.३५, अन्य ०.३९ र व्यापार ०.०२ प्रतिशतले घटेको छ।
बजारमा तीन कम्पनीको भाउ शर्किट लेभल १० प्रतिशतले उक्लियो। ती कम्पनीमा स्वस्तिक लघुवित्त, मुक्तिनाथ कृषि कम्पनी र एसवाई प्यानल रहेका छन्। एसवाई प्यानल आज पहिलो दिनबाटै कारोबारमा आएको हो। लक्ष्मी लघुवित्त ८.७६ प्रतिशत र थ्रीस्टार हाइड्रोपावर ७.१४ प्रतिशतले बढे।
उता, झापा इनर्जीको मूल्य सबैभन्दा धेरै ९.३० प्रतिशतले घटेको छ। हिमस्टार इनर्जी ५।०५, सुपर मादी हाइड्रोपावर ४.५९ र माबिलुंग इनर्जी ४.४९ प्रतिशतले ओरालो लागेको हो।
सबभन्दा धेरै कारोबार भएका पाँच कम्पनीमा श्रीनगर एग्रिटेक, ङादी ग्रुप, युनिभर्सल पावर, सागर डिस्टिलरी र हिमालयन रिइन्स्योरेन्स परेका छन्।





