२८ मंसिर, काठमाडौं । आइतबार नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च मूल्यमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य प्रतितोला २ लाख ५८ हजार ८ सय रुपैयाँ तोकेको छ, जसले दुई महिनाअघिको रेकर्ड तोडेको छ।
अघिल्लो दिनको तुलनामा सुनको भाउ २ हजार २ सय रुपैयाँ बढेको हो।
त्यस्तै, चाँदीको भाउ भने घटेको छ। अघिल्लो दिन प्रतितोला ३ हजार ९०५ रुपैयाँ रहेको चाँदीको मूल्य आज ८० रुपैयाँ घटेर ३ हजार ८२५ रुपैयाँ कायम भएको छ।





