२ पुस, काठमाडौं । बुधबार सेयर बजार सामान्य सुधार देखिएको छ । नेप्से परिसूचक ५.७० अंकले बढ्दै २६२५ अंकमा पुगेको हो । अघिल्लो दिन ३ अर्ब ४४ करोड रुपैयाँको कारोबार भएको बजारमा आज ४ अर्ब ५ करोड रुपैयाँ बराबरको सेयर किनबेच भयो ।
आजको कारोबारमा १४३ कम्पनीको सेयर मूल्य बढ्यो भने १०४ कम्पनीको घट्यो । ११ कम्पनीको मूल्य स्थिर रह्यो । समूहगत रूपमा फाइनान्स समूह सबैभन्दा धेरै १.७५ प्रतिशतले बढ्यो । बैंकिङ ०.३१, विकास बैंक ०.७१, हाइड्रोपावर ०.१३, लगानी ०.०४, जीवन बीमा ०.६६, उत्पादन तथा प्रशोधन ०.४०, माइक्रोफाइनान्स ०.०७ र अन्य समूह ०.०४ प्रतिशतले उकालो लागे ।
व्यापार समूह ०.२७, निर्जीवन बीमा ०.३६ तथा होटल तथा पर्यटन समूह ०.३७ प्रतिशतले घटे ।
आज दुई कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्यो । स्वस्तिक लघुवित्त र एसवाई प्यानलको सेयर मूल्य सर्किट लेभलमा उक्लियो । नारायणी डेभलपमेन्ट बैंकको ८.७७, चिरख्वा हाइड्रोपावरको ५.३३ र माइखोला हाइड्रोपावरको ४.३३ प्रतिशत मूल्य वृद्धि भयो ।
घट्ने कम्पनीतर्फ बाराही हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै १० प्रतिशतले घट्यो भने अपर स्याङ्गे हाइड्रोपावरको ३.२१ प्रतिशतले ओरालो लाग्यो ।
कारोबार रकमका आधारमा आज युनियन हाइड्रोपावर, मञ्जुश्री फाइनान्स, ङादी ग्रुप, हिमालयन रिइन्स्योरेन्स र राधि विद्युत् शीर्ष पाँच कम्पनीमा परेका छन् ।





