आर्थिक

सुनको भाउ प्रतितोला २ लाख ६० हजार

काठमाडौं, ३ पुस । बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धी देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको भाउ प्रतितोला २ लाख ६० हजार ४ सय रुपैयाँ तोकेको छ, जुन अघिल्लो दिनको तुलनामा ७ सय रुपैयाँले बढी हो। अघिल्लो दिन सुनको मूल्य २ लाख ५९ हजार ७ सय रुपैयाँ थियो।

यसअघि गत सोमबार सुन प्रतितोला २ लाख ६० हजार ७ सय रुपैयाँ पुगेको थियो, जुन हालसम्मको उच्च मूल्य हो।

चाँदीको मूल्य पनि आज बढेर नयाँ रेकर्ड बनाएको छ। अघिल्लो दिन प्रतितोला ४ हजार ५५ रुपैयाँमा कारोबार भइरहेको चाँदी आज ४ हजार ८० रुपैयाँ पुगेको छ। दोहोरिएको उच्च मूल्यले संकेत गर्छ कि चाँदीको बजारमा पछिल्ला दिनमा लगातार वृद्धि भइरहेको छ।