बाग्मती

सिन्धुलीमा सुशीला बम्जन हत्याः सासू-नन्द पुर्पक्षका लागि थुनामा

५ माघ, काभ्रपलाञ्चोक । सिन्धुलीको कमलामाई–४ धुराफाँटमा सुशीला बम्जनलाई पेट्रोल छर्की आगो लगाएर हत्या गरेको आरोपमा उनका सासू मायाँरानी बम्जन र नन्द मीना लामालाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। अदालतको आदेशपछि दुवैलाई सिन्धुली कारागारमा राखिएको छ।

अर्का अभियुक्त ससुरा उपचारमा रहेकाले पक्राउ परेका छैनन् भने श्रीमान् मुख्य योजनाकार सूर्यबहादुर बम्जन विदेशमा रहेका कारण पक्राउ हुन सकेका छैनन्। प्रहरीले कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान जारी राखेको छ।