बाग्मती

रास्वपाको प्रदेश अधिवेशन आजबाट, ‘वाग्मती’को सभापति  लामिछानेले उद्घाटन गर्ने

२६ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को प्रदेश अधिवेशन आजबाट सुरु हुँदैछ।

आजबाट सुरु हुने प्रदेश अधिवेशन असार १ सम्म सम्पन्न हुने रास्वपाले जनाएको छ ।

साथै वाग्मती प्रदेशको अधिवेशन पार्टी सभापति रवि लामिछानेले उद्घाटन गर्ने कार्यक्रम छ । वाग्मती प्रदेशको अधिवेशन काठमाडौंमा हुँदै छ ।

यसअघि रास्वपाको जिल्ला अधिवेशन जेठ २३ र २४ गते भएको थियो ।

असार ७ देखि ९ गतेसम्म रास्वपाको प्रथम महाधिवेशन चितवनमा हुनेछ ।