२६ जेठ, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले बालेन शाह नेतृत्वको सरकारकाे कामकारबाही प्रति असन्तुष्टि व्यक्त गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमा पोख्रेलले स्टाटस् लेखेका छन् “सुशासनको नारा दिएर सत्तामा आएकाहरूको काम र क्रियाकलापलाई नै सुशासनको मानक मान्ने हो भने अब जनताले भन्नुपर्ने अवस्था आयो- ‘भो, यस्तो सुशासन चाहिँदैन।”
एमालेले प्रधानमन्त्रीको अभिव्यक्ति र सरकारकाे क्रियाकलाप प्रति असन्तुष्टि जनाउँदै आएको छ ।






