ब्रेकिङ न्युज

अमेरिका जादै गरेका एन्फा अध्यक्ष र महासचिवलाई विमानस्थलबाट किन फर्काइयो ?

२६ जेठ, काठमाडौं । अमेरिका जादै गरेका एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राई विमानस्थलबाट फर्काइएका छन् ।


भोलिदेखि सुरु हुने विश्वकप फुटबल हेर्न अमेरिका जाँन लागेका उनिहरुलाइ अध्यागमन कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइ दिएको हो ।

विश्वकप फुटबल हेर्न मेक्सिको जानका लागि आज उनिहरु बिहानै त्रिभुवन विमानस्थलमा पुगेका थिए।

नेम्वाङ र राईलाई विमानस्थलबाट फर्काइएको अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले जानकारी दिएका छन् ।

आर्थिक विषयको छानबिनका लागि राष्ट्रिय खेलकुद परिषद ९राखेप०ले नेम्वाङ राईसहितका एन्फाका सबै पदाधिकारीलाई विदेश जान रोक लगाएको समयमा उनी दुई अमेरिका जान खोजेपछि रोकिएको हो ।