ब्रेकिङ न्युज

गोरखा पुगेर गगन थापाले भने : मौका खोजेर जानेलाई जान दिनुस्, चिन्ता नलिनुस्

२६ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मौका खोजेर जानीलाई नरोक्न आग्रह गरेका छन्

आज गोरखाको तीनधारेस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले अहिले पार्टी थोरै कमजोर भएको उल्लेख गर्दै मौका खोज्दै कोही दौडन्छ भने दौडन दिन आग्रह गरे ।

साथै तेस्ता व्यक्तिलाई धेरै फकाउनेतिर पनि नलाग्न सुझाव दिएका छन् ।

पार्टी छोडेर जान्छु भन्नेलाई फकाउन नलाग्न आग्रह गर्दै चिन्ता नलिन पनि भनेका छन्। सभापति थापाले कांग्रेसभित्रको फोहोर सफा बनाउनुपर्ने पनि बताए।