समाचार

प्रतिनिधिसभा स्थगित, कांग्रेसले बोलायो विपक्षी दलको बैठक

२६ जेठ, काठमाडौं । प्रतिनिधिसभा बैठक स्थगित भएपछि नेपाली कांग्रेसले विपक्षी दलहरूको बैठक बोलाएको छ।

कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा आज दिउँसो सवा ३ बजे बस्ने बैठकमा प्रतिनिधिसभामा रहेका प्रतिपक्षी दलका प्रमुख सचेतक तथा सचेतकहरूलाई आमन्त्रण गरिएको छ।

कांग्रेसका सचेतक निश्कल राईका अनुसार संसद्को पछिल्लो अवस्थाबारे साझा धारणा बनाउन र आगामी रणनीतिका विषयमा छलफल गर्न बैठक आयोजना गरिएको हो।

यसअघि आज बसेको प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले अवरोध गरेपछि सभामुख डोलप्रसाद अर्यालले बैठक बुधबारसम्मका लागि स्थगित गरेका थिए। संसद् बैठक रोकिएलगत्तै कांग्रेसले विपक्षी दलहरूसँग परामर्श अघि बढाएको हो।