समाचार

शपथ सकिएलगत्तै आफैं ड्राइभ गर्दै कार्यभार सम्हाल्न पुगे गुरुङ

२६ जेठ, काठमाडौं । नवनियुक्त गृहमन्त्री सुधन गुरुङले पद तथा गोपनीयताको शपथ ग्रहण गरेलगत्तै आफ्नो मन्त्रालयको जिम्मेवारी सम्हाल्न सिंहदरबार प्रस्थान गरेका छन्।

राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित समारोहमा शपथ लिएपछि गुरुङले सरकारी चालकको प्रयोग नगरी आफैं सवारी साधन चलाएर सिंहदरबार पुगेका हुन्।

मन्त्रालयको जिम्मेवारी सम्हाल्न निस्किएका गुरुङको यो शैलीले उपस्थितहरूको ध्यान खिचेको थियो। शपथ समारोह सम्पन्न भएपछि उनी सिधै गृह मन्त्रालयतर्फ लागेका थिए।

प्रधानमन्त्री बालेन शाहको सिफारिसमा गृहमन्त्री नियुक्त भएका गुरुङले मंगलबारदेखि औपचारिक रूपमा आफ्नो कार्यभार सम्हाल्न थालेका छन्।