२६ जेठ, काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले आफू मन्त्री पदमा बढीमा तीन वर्ष मात्र रहने बताएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएपछि सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले मन्त्रालयलाई द्रुत गतिमा अघि बढाउने र छोटो अवधिमै आधार तयार गर्ने लक्ष्य रहेको बताए।
मन्त्री पुनका अनुसार नयाँ मन्त्रालय भएकाले पहिले यसको संरचना र आधार मजबुत बनाउन आवश्यक छ। त्यसपछि जिम्मेवारी नयाँ पुस्ताका युवालाई हस्तान्तरण गर्ने उनको योजना छ।
उनले ‘दिनरात काम गरेर बढीमा तीन वर्षमै पद छोड्ने’ स्पष्ट पार्दै आफू पदमा बस्ने उद्देश्य लाभ लिन नभई प्रणाली निर्माण गर्ने भएको बताए।
मन्त्रालयको जग मजबुत बनाएपछि नयाँ युवालाई नेतृत्वमा ल्याउने उनको भनाइ छ।




