ब्रेकिङ न्युज

पदभार ग्रहणसँगै गृहमन्त्रीका चार निर्णय सार्वजनिक

२६ जेठ, काठमाडौं । नवनियुक्त गृहमन्त्री सुधन गुरुङले पदभार ग्रहण गरेसँगै गृह प्रशासनसँग सम्बन्धित चार महत्वपूर्ण निर्णय सार्वजनिक गरेका छन्।

मंगलबार गृह मन्त्रालयमा जिम्मेवारी सम्हाल्दै उनले २०५८ सालको नारायणहिटी दरबार हत्याकाण्डको फाइल पुनः अध्ययन तथा अनुसन्धानका लागि अघि बढाउने घोषणा गरेका हुन्।

त्यस्तै, जेनजी आन्दोलनका क्रममा दायर भएका फौजदारी मुद्दाहरू फिर्ता लिन सकिने वा नसकिने विषयमा अध्ययन गर्ने निर्णय पनि उनले गरेका छन्।

गुरुङले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई थप सुदृढ र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै, विभिन्न निकायमा छानबिनका क्रममा रहेका अनुसन्धानलाई निष्कर्षमा पुर्‍याउने र लामो समयदेखि थन्किएका फाइलहरूलाई पुनः सक्रिय बनाउने बताएका छन्।

उनका अनुसार गृह मन्त्रालयले अब रोकिएका तथा अधुरा रहेका अनुसन्धान प्रक्रियालाई प्राथमिकताका साथ अघि बढाउनेछ।

– २०५८ सालको दरबार हत्याकण्डको फाइल पुन खोल्ने ।

– जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिने विषयमा अध्यन गर्ने ।

– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई अझै बलियो बनाउने ।

– छानबिनमा रहेका अनुसन्धान प्रक्रिया टुंगोमा पुर्‍याउने र हरेक फाइल खोल्ने ।