२६ जेठ, काठमाडौं । भारतको नेशनल पेमेन्ट्स कर्पोरेशन इन्टरनेशनल पेमेन्ट्स लिमिटेड (एनआईपीएल) तथा नेपालको प्रमुख भुक्तानी पूर्वाधार संस्था – नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) बीच भारतको युनिफाइड पेमेन्ट इन्टरफेस (यूपीआई) र नेपालको नेशनल पेमेन्ट इन्टरफेस (एनपीआई) लाई इन्टिग्रेट गरी भारत र नेपालबीचको अन्तरदेशीय डिजिटल भुक्तानीको शुरुवात भएको छ ।
यो साझेदारीसँगै नेपाल र भारतबीच हुने क्रसबोर्डर रेमिट्यान्स अब रियल टाइम, सुरक्षित र कम मुल्यमा गर्न सकिनेछ । भारतमा रहेका भारतीय र नेपाली प्रयोगकर्ता तथा नेपालमा रहेका भारतीय प्रयोगकर्ताहरुले सहजै व्यक्ति – व्यक्तिबीच (एद्दए) फण्ड ट्रान्सफर गर्न सक्नेछन् । हाल केहि बैंकहरुमा उपलब्ध रहेको उक्त सेवा क्रमिक रुपमा अन्य बैंकहरुमा पनि पहुँच विस्तार गरिनेछ । इन्ट्रिग्रेसनलाई वित्तीय समावेशिकरण, बलियो आर्थिक र डिजिटल सम्बन्धलाई बढावा दिने महत्वपूर्ण कोशेढुङ्गाको रूपमा लिइएको छ । क्रस बोर्डर भुक्तानीलाई सहज तथा पहुँचयोग्य बनाउने न्द्दण् को उद्देश्य अनुरुप यस इन्टिग्रेशनले दुवै देशको फास्ट पेमेन्ट सिस्टमबीच अन्तरआबद्धता स्थापना गर्दै यसले भारत र नेपाल बीचको दीर्घकालिन सामाजिक, संस्कृतिक तथा आर्थिक सम्बन्धलाई थप मजबुद बनाउने अपेक्षा गरिएको छ ।
भारतीय तथा नेपाली प्रयोगकर्ताहरुले आफ्नो मोबाइल नम्बर वा भर्चुअल पेमेन्ट अड्रेस (भीपीए) मार्फत नेपालमा रकम पठाउन सक्नेछन् । त्यस्तै भारतीय प्रयोगकर्ताहरुले नेपालबाट आफ्नो यूपीआई आइडी प्रयोग गरी भारतमा रकम पठाउन सक्नेछन् । यस प्रक्रियाले संवेदनशील बैंक खाताको विवरणहरु आदान प्रदान गर्नुपर्ने आवश्यकता हटाउँदै प्रयोगकर्ताहरुलाई सरल, सुरक्षित तथा सुविधाजनक अनुभव प्रदान गर्नेछ ।
यस साझेदारीका सम्बन्धमा एनपीसीआई इन्टरनेशनलका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत रितेश शुक्ला भन्छन् “एनसीएचएलसँग सहकार्य गरेर नेपाल भारतबीच क्रस बोर्डर रेमिट्यान्स शुरु गर्न पाउँदा हामी अत्यन्त खुसी छौं । यस पहल सँगै नवीनतम प्रविधिको उपयोग गर्दै ग्लोबल समुदायको बदलिँदो आवश्यकतालाई पूरा गर्नेे हाम्रो प्रतिबद्धता रहेको छ । क्रस बोर्डर रेमिट्यान्सका लागि रियल टाइम, कम मुल्य तथा सुरक्षित माध्यम निर्माण गर्दै हामीले दुवै देशको रेमिट्यान्सलाई सरल बनाउनका साथै वित्तीय समावेशीतालाई पनि प्रोत्साहन हुने अपेक्षा गरेका छौं ।”
उक्त नवीन सेवामार्फत, इन्ट्रिग्रेसनले कारोबारहरु रियल टाइममै सम्पन्न हुनेछ जसले रेमिट्यान्समा निर्भर हुने लाखौं परिवारहरुलाई विशेष सहयोग पुग्नेछ । परम्परागत क्रसबोर्डर रेमिट्यान्स प्रणालीसँग सम्बन्धित लागतलाई कम गर्दै यो नयाँ सेवाले क्रसबोर्डर रकम पठाउने व्यक्ति तथा परिवारहरुलाई पारदर्शी तथा प्रभावकारी सेवा उपलब्ध गराउने छ ।
नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधान भन्छन् “नेपाल र भारत बीचको सहकार्य मार्फत रियल टाइम र सुविधाजनक रियल टाइम क्रस बोर्डर फण्ड ट्रान्सफर सफलतापूर्वक शुभराम्भ भएको छ । डिजिटल भुक्तानीको यस यात्रामा नवीनतम प्रविधि तथा थप सेवाहरु विस्तार गर्दै दुवै देशका लाखौं व्यक्ति तथा व्यवसायहरुलाई समावेश गर्नुका साथै पहुँच बढाउन सहकार्य गर्न प्रतिवद्ध रहेका छौँ ।”
एनपीसीआई इन्टरनेशनल र एनसीएचएलबीचको यस सहकार्यले भारत–नेपालबीचको आर्थिक करिडोरलाई थप सशक्त बनाउनुका साथै डिजिटल पेमेन्टको क्षेत्रमा एक महत्वपूर्ण कदमको सुरुवात भएको छ । यस पहलले दुवै देशको वित्तीय प्रणालीलाई दिगो र सुद्दढ गर्नुका साथै सुरक्षित र पारदर्शी गर्दै लानेछ । यो सहकार्यमार्फत भारत र नेपालले अन्तरआवद्ध, रियल टाइम भुक्तानी प्रणालीको एक प्रभावकारी मोडल निर्माण गरेको छ जसलाई अन्य देशहरुले पनि अनुसरण गर्न सक्ने अपेक्षा गरिएको छ ।
इन्टरनेशनल पेमेन्ट्स लिमिटेड नेशनल पेमेन्ट कर्पोरेशन अफ इन्डिया को पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी हो । यसको स्थापना ३ अप्रिल २०२० मा भएको थियो । एनपीसीआईको अन्तर्राष्ट्रिय शाखाको रुपमा एनआईपीएलले भारतबाहिर एनपीसीआईद्वारा विकास गरिएको सफल रियल टाइम भुक्रानी प्रणाली – र कार्ड स्कीमको विस्तार र प्रवद्र्धन गर्दै आएको छ । ले भारतको भुक्तानी क्षेत्रमा आमूल परिवर्तन ल्याउँदै आफ्ना उत्पादन तथा प्रविधिगत क्षमताहरुलाई भारतीय बजारमा सफलतापूर्वक प्रमाणित गर्दै आएको छ ।
हाल विश्वका धेरै देशहरुले रियल टाइम भुक्तानी प्रणाली वा स्वदेशी कार्ड स्थापनाहरु गर्ने प्रयासहरु गरिरहेका छन् । ल्क्ष्एी ले आफ्नो ज्ञान तथा अनुभवको आधारमा यस्ता देशहरुलाई रियल टाइम भुक्तानी प्रणालीहरुलाई लाइसेन्सिङ्ग तथा परामर्श सेवामार्फत प्राविधिक सहायता प्रदान गर्दछ जसले द्रुत गतिमा विकसित हुँदै गइरहेका विश्वव्यापी व्यवसायहरुको आवश्यकतालाई पूरा गर्दछ । प्रविधि र नवीनतामार्फत विश्वव्यापी रुपमा भुक्तानी प्रणालीलाई रुपान्तरण गर्न तत्पर रहँदै आएको छ । यसले भारतीय नागरिकहरुलाई मात्र भुक्तानी सहज बनाएको छैन, अन्य देशहरुलाई पजि प्राविधिक सहायता, परामर्श तथा पूर्वाधार मार्फत भुक्तानी क्षमतालाई सुढृढ बनाउन सहयोग गरिरहेको छ ।
नेपालको केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकको नेतृत्वमा नेपालका सबै बैंक तथा वित्तीय संस्थाहरूको सहभागितामा स्थापना भएको कम्पनी हो । राष्ट्रिय स्तरको भुक्तानी तथा राफसाफको प्रणाली स्थापना तथा सञ्चालन गर्ने यस कम्पनीले भुक्तानी प्रणालीहरु र लगायतका विभिन्न सेवाहरु प्रदान गर्दै आइरहेको छ । हाल यसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नेटर्वक, एग्रिगिएटर तथा क्लियरिङ्ग हाउसहरुसंग रियल टाइम क्रसबोर्डर पेमेन्ट इनेबल गर्न सहकार्य गर्दै आइरहेकोे छ ।





