ब्रेकिङ न्युज

सरकार र डा.गोविन्द केसीका प्रतिनिधि वार्तामा, आजै होला सहमति ?


१० साउन, काठमाडौं । सरकारी पक्ष र डा.गोविन्द केसीका प्रतिनिधिबीच वार्ता सुरु भएको छ । सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट हेमराज पाण्डेको कार्यकक्षमा वार्ता सुरु भएको हो ।

वार्तामा सरकारका तर्फबाट प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा.जेपी अग्रवाल, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा.विकास देवकोटा र शिक्षा सचिव चुडामणि पौडेल सहभागी छन् ।

डा.केसीका तर्फबाट डा।पवन थापा र डा.अमृत जैसी वार्तामा सहभागी छन् ।