ब्रेकिङ न्युज

के सहमति नजिक पुगेको हो सरकार र डा. केसी पक्षबीचको वार्ता ? आज निर्णायक वार्ता !

११ साउन, काठमाडौं । सरकार र अनशनरत डा. गोविन्द केसी पक्षबीच आइतबारको वार्ता सकारात्मक रहेको दाबी गरिएको छ ।

सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय (गेटा)का रजिस्ट्रारलाई हटाउने विषयमा वार्ता ‘सहमतिनजिक’ पुगेको छ ।

उपकुलपति डा.सुनिलकुमार जोशीलाई विश्वविद्यालय ऐन संशोधन नभएसम्म यथावत् राख्ने विकल्पमा छलफल भइरहेको छ ।

अधिकांश मागमा सहमतिनजिक पुगेको डा. केसीका पक्षबाट वार्ता टोली सदस्य रहेका डा.अमृत जैसीले जानकारी दिए । आज बिहान १० बजे पुनः वार्ता हुने उनले बताए ।

यही साउन ७ गतेदेखि कैलालीको धनगढीमा डा। केसी अनशनमा छन् । स्वास्थ्य अवस्था जटिल बनेपछि शनिबार (साउन ९)देखि उनलाई सेती प्रादेशिक अस्पतालमा चिकित्सकको निगरानीमा राखिएको छ ।