समाचार

खचाखच यात्रुले भरिएको बस धादिङमा पल्टिदा १९ को मृत्यु (अपडेट)

सयुर्यखबर सँबाददाता,

धादिङ । धादिङमा बस दुर्घटना हुदा १९ जनाको मृत्यु भएको छ । सदरमुकामवाट किन्ता फेदीतर्फ जादै गरेको बा ३ ख ३३१८ नम्वरको बस पल्टिदा १९ जनाको मृन्यु भएको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश सुवेदीले जानकारी दिएका छन् । बसको क्षमता भन्दा बढी यात्रु भएका कारण दुर्घटना भएको हो । बसमा भित्र तथा हुटमा समेत टनाटन यायु रहेका कारण दुर्घटना भएको बुझिएको छ ।

दशैं नजिकिदैंजाँदा छतमाथी यात्रुहरुराखेर खचाखच भरिएर यात्रा गर्नाले दुर्घटनाहरु बढ्क्रम जारी छ ।

 स्थानीयबासीले १५ जनाको उद्दार गरेका छन्, अहिले प्रहरीले उद्धार कार्यगरिरहेको छ ।

सदरमुकाम धादिङबेसीदेखि ३२ किलोमिटर टाढा रहेको घटनाको पूर्णबिबरण आउन भने बाँकी छ ।