६ असार, काठमाडौं । ललितपुरको बालकुमारी क्षेत्रमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको छ।
प्रहरी स्रोतका अनुसार लागुऔषध नियन्त्रण ब्युरोको टोलीले विशेष अपरेशन सञ्चालन गर्ने क्रममा गोली प्रहार गरेको हो। घटनापछि तीन जना शंकास्पद लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
गोली चलाउनु परेको अवस्था र पक्राउ परेका व्यक्तिहरूको परिचयबारे विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन। घटनासम्बन्धी थप जानकारी आउने क्रम जारी रहेको प्रहरीले जनाएको छ।





